काठमाण्डु, २२ पुस– सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । आज सोमबारदेखि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिएको छ ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको जनाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।