काठमाण्डु, २२ पुस– हिजो आइतबारबाट एमाले मुख्यालय च्यासलमा सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे ) सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन ।
अब बोल्न बाँकी केन्द्रीय सदस्यको सङ्ख्या ५२ रहेको उनले जानकारी दिएका छन । केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् ।