तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने युवती मृत भेटिइन्

काठमाण्डु टुडे २०८१ पुष २२ गते १६:१० मा प्रकाशित

काठमाण्डु, २२ पुस– रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत अवस्थामा भेटिएकी छन ।

गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले जानकारी दिएका छन । उनले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् ।

आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’ उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ । मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् ।

सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।

मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us