रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति

काठमाण्डु टुडे २०८१ पुष २२ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, २२ पुस– रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ ।

बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले जानकारी दिएका छन ।

हात्तीले पुर्याएको क्षति विवरण संकलन भइरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us