भिम रावललाई एमालेबाट निकालेपछि कैलालीमा चार दर्जन नेता– कार्यकर्ताले छाडे एमाले

काठमाण्डु टुडे २०८१ पुष २२ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २२ पुस– कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले एमालेबाट सामूहिक राजीनामा दिएका छन । उनीहरुले नगर अध्यक्षलाई सम्बोधन गरी सामूहिक राजनीमाको पत्र दिएका छन् ।

यही पुस ११ गतेदेखि लागू हुने गरी उनीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन । उनीहरुले पत्रमा तत्कालीन नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किंदा आफूहरु एमालेमै रहेको तर पूर्वमाओवादी भएकाले अपमानित भएकाले राजीनामा दिएको उल्लेख गरेका छन ।

उनीहरुले लेखेको पत्रमा भनिएको छ, ‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रुपमा पूर्वमाओवादी भनेर अपमानित अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगकै हो, ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us