काठमाण्डू, २२ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गुटगत गतिविधि मौलाएको बताएका छन् ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सोमबार राजनीतिक प्रतिवेदनबारे प्रष्टीकरण दिँदै उनले गुटगत गतिविधिले पार्टीलाई फाइदा नपुग्ने बताए ।
पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गरेर अघि बढनुपर्ने उनको भनाइ थियो । प्रचण्डले आफूले कसैलाई लक्षित गरी प्रतिवेदन नल्याएको समेत प्रष्टीकरण दिए ।
प्रचण्डले कसैलाई घोचपोच र काखापाखा गर्ने नीति आफ्नो नरहेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । धुम्बाराहीको एक पार्टी प्यालेसमा आइतबारको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।