ग्रेटर नेपाल अभियानता नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २२ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २२ पुस– प्रहरीले ग्रेटर नेपाल अभियानताका रुपमा परिचत फणिन्द्र नेपाललाई नियन्त्रणमा लिएको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई दक्षिणी गेटकाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।

नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us