प्रचण्डको प्रतिवेदनमा छलफल सुरु

काठमाण्डु टुडे २०८१ पुष २२ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।

छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको पनि ति केन्द्रीय सदस्यले जानकारी दिए ।

विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो । तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us