म प्रधानमन्त्री बन्नु ठूलो जित होः ओली

काठमाण्डु टुडे २०८१ पुष २१ गते २०:५८ मा प्रकाशित

काठमाण्डु, २१ पुस– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तीन वर्षपछि आफू फेरि सत्तामा पुग्नुलाई जितको संज्ञा दिएका छन् ।

आइतबारबाट सुरु पार्टी केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन हुनै नै पार्टीको जित भएको उल्लेख गरेका छन् ।

‘नेकपा एमालेलाई सिध्यायौं, कहिल्यै सरकारमा फर्कंदैन भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरूलाई पराजित गरेर अहिले पार्टी सबल राष्ट्रिय शक्ति शक्तिका रूपमा स्थापित भई सरकारमा रहेको बताउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेलाई २०८४ को निर्वाचनमा निर्णायक शक्ति बनाउने ठूलो अभिभारा पार्टीका सबै नेताहरूले बुझ्नुपर्छ,’ बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

सरकारमा सहभागिताले विगत तीन वर्षदेखि एमालेविरुद्ध निर्माण गरिएको घेराबन्दी, भ्रम प्रचार र अब यो पार्टी कहिल्यै सरकारको नेतृत्वमा पुग्न सक्दै भनेर निर्माण गरिएको नकारात्मक भाष्यलाई खण्डित मात्रै नगरेको भन्दै ओलीले एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुनस्र्थापित गर्ने काम पनि गरेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us