काठमाण्डु, २१ पुस– प्रहरीले छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ । डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसपछि प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।