सवेन्द्रलाई गाेकुलकाे जवाफ: एमालेमा आएर लिनुजति लाभ लिए, अनि बाहिरीए

काठमाण्डु टुडे २०८१ पुष २१ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, २१ पुस_ नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख सवेन्द्र खनालले एमाले छाडेको घोषणा गरे लगत्तै एमाले नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले खनालाई जवाफ फर्काएका छन ।

एमाले नेता बास्कोटाले खनाल एमालेमा प्रवेश गरेर लिनुजति लाभ लिएको अनि बाहिरीएको बताएका छन । एमाले नेता बास्कोटाले मान्छेको वास्तवि परिक्षा सजिलो स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन सङकट,त्याग सङघर्षकाे समयमा हुने पनि बताएका छन ।

नेता बास्कोटाले खनाललाई लक्षित गर्दै आज आईतबार सामजिक सञ्जालमा लेखेका छन, ‘मान्छेको वास्तविक परिक्षण सजिलो,स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन,सङकट,त्याग र सङघर्षको समयमा हुन्छ।आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।

हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए।खाएको थालमा चुठ्नु राम्रो होइन,झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’

खनालले आज नै समाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफु एमालेबाट अलग भएको घोषणा गरेका थिए ।

त्यसको जवफ नेता बास्कोटाले समाजिक सञ्जाल फेसबुकबाट नै फर्काएका हुन । पूर्व प्रहरी प्रमख खनालले समाजिक लेखेका थिए, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन ।

म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us