२९ किलो गाँजासहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २० गते १३:४९ मा प्रकाशित

काठमाण्डु, २० पुस– प्रहरीले मोरङबाट २९ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका–६ का विशाल कुमार पासवान र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरी स्थित रमाइलो टोलमा गएराति उनीहरू सवार मोटरसाइकल चेचकजाँच गर्दा २९ किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

साथै ७३ हजार पाँच सय साठी रुपैयाँ नगदसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us