हुम्लाको भदुखोलामा बेवारिसे शव भेटियो

काठमाण्डु टुडे २०८१ पुष २० गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २० पुस– हुम्लामा एक जना मृत अवस्थामा फेला परेका छन । हुम्लाको सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँनजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको डीएसपी रविन्द खनालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us