काठमाण्डु, २० पुस– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसले आगामी (०८४)को निर्वाचन एक्लै लडने बताएका छन् । आज शनिबार कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले यस्तो बताएका हुन ।
उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि बताएका छन ।
उनले भने, ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छझ, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो ।
त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ उनले समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उनले सेवाभावले सक्रिय हुनुपर्ने पनि बताएका छन । सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको पनि बताएका छन ।