प्रधानमन्त्री ओलीको प्रश्नः चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?

काठमाण्डु टुडे २०८१ पुष १९ गते १६:५० मा प्रकाशित

काठमाण्डु, १९ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डुमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा समेत गरेका छन । ओलीले भने, ‘एउटा भाष्य बनाउन खोजिएको छ ।

परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईं जो यहाँ सहभागी हुनुभएको छ । तपाईंहरूका आमाको पालामा पनि यस्तै थियो त रु हिजो आमा, हजुरआमाले पनि यस्तै सुविधा उपभोग गर्नुभएको थियो रु पक्कै थिएन ।

हिजोभन्दा आज अवस्थामा पनि निकै परिवर्तन भइसकेको छ ।’हिजो हुम्ला, जुम्ला, मुगु, डोल्पाबाट काठमाण्डु आउनसमेत सम्भव नभएको अवस्था परिवर्तन भएरु सबैतिर यातायात पुगेको, महिलाको साक्षारता प्रतिशत निकै माथि उठेको, महिलाहरू जागिर खाने मात्र नभई उद्यमशील भएर अरुलाई रोजगारी दिइरहेकोलगायतका चर्चा प्रधानमन्त्रीले गरे ।

उनले भने, ‘हिजो सरकार के हो भन्नेसमेत थाहा नहुने अवस्था थियो । चुलौचौकाबाट बाहिर निस्किएर आज महिलाहरूले स्थानीय सरकार चलाएका छन् ।

यो परिवर्तन होइन ?’ पुरुषसँग शारीरिकबाहेक अन्य प्रतिस्पर्धामा महिला निकै अगाडि रहेको बताउँदै प्रधानमन्त्रीले संविधान र कानुनले गरेको व्यवस्थाअनुसार महिलाको प्रतिनिधित्व अन्य क्षेत्रमा पनि बढाउँदै लानुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us