पूर्व राष्ट्रपति भण्डारी भेट्न बूढानीलकण्ठ पुगे ओली

काठमाण्डु टुडे २०८१ पुष १८ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज बिहिबार साझ भण्डारी निवास बूढानीलकण्ठ पुगेको स्रोतले जानकारी दिएको छ ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको भण्डारीको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us