सचिनको निधनमा प्रधानमन्त्री ओलीले भने: ‘भाइरल बनाउने प्रवृत्ति जिम्मेवार’

काठमाण्डु टुडे २०८१ पुष १८ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १८ पुस– बालगायक सचिन परियारको निधन पछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले आज बिहिबार सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन ।

ओलीले सचिनको तस्वीर पनि सेयर गरेका छन् । प्रधानमन्त्रीको पोस्टमा थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चर्चित परियारको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us