मदन भण्डारी र हुलाकी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने माओवादी निर्णय

काठमाण्डु टुडे २०८१ पुष १८ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ ।

आज बिहिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।

उनले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिएका छन ।

‘देशलाई गम्भीर संकटबाट बचाउन दुईवटा अभियान चलाउनुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ’, प्रचण्डको भनाई उधृत गर्दै सापकोटाले भने, ‘एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिना जनतामा गएर के चाहेका छन् रुके खोजेका छन् ? यी समग्र कुराको अध्ययनसहित सिक्ने सिकाउने र रुपान्तरणको प्रक्रियामा जानुपर्छ ।’

उनले अग्रगामी कार्यदिशासहित जनतालाई सुसूचित गर्नुपर्ने र समेट्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी गराए । उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us