काठमाण्डु, १८ पुस– सत्ता घटक दल एमालेका उपमहासचि प्रदीप ज्ञवालीले हालै एमालेले कारबाही गरेका भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप अपेक्षित नै भएको दाबी गरेका छन ।
साथै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको पनि बताएका छन ।
आज (बिहिबार) बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा ज्ञवालीले यस्तो बताएका हुन ।
उपमहासचिव ज्ञवालीले ओलीबारे रावलको आरोप प्रचण्डकै कपिपेस्टको संज्ञा दिएका छन। उनले भने, ‘हामीले धेरै छलफल गरेनौँ । किनभने त्यो नौलो कुरा भएन ।
०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष केपी ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, एक किसिमले कपिपेस्ट जस्तै हो नयाँ कुरा छैन ।’
आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको ज्ञवालीले बताएका छन । उनले भने, ‘एकजनमा बाबुराम, प्रचण्डहरू पुराना पार्टीलाई डिक्सनेरीमा भएका सबै शब्द प्रयोग गर्नुहुन्थ्यो, पछि रविजीहरू पनि त्यसैगरी उदाउनुभयो ।
गालीगलौजले देश बन्दैन’, ज्ञवालीले भने, ‘३१ पेजमा साढे ३० पेज गालीगलौज र आधा पेज अभियान चलाउने कुरा गर्नुभएपछि छलफल गर्नुपर्ने विषय हामीलाई लागेन ।’
ज्ञवालीले प्रतिनिधि सभा विघटन, नेकपा विभाजन लगायतका विषय रावलले उठाएको भन्दै तिनै मुद्दा तत्कालीन गठबन्धनले चुनावमा लगेपनि जनताको रोजाइमा एमाले रहेको देखिएको दाबी गरे ।