काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन् । आज बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पासाङ सहभागी भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा निलो ज्याकेट, कालो पाइन्ट र सेतो जुत्तामा देखिएका उनी सचिवद्वय हितराज पाण्डे र हितमान शाक्यको बिचमा देखिएका छन् । प्रचण्डले उपाध्यक्ष बनाउन तयारी गरेको भनिएकै बेला उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।