काठमाण्डु, १८ पुस– कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन–कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन । आज बिहिबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले भने, ‘एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं । भ्रष्टाचारको कुन९कुन फाइल खोल्ने हो छलफल गरौं ।’ राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् ।
अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने उनको माग छ ।
अन्यथा समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएकोले एकीकृत रूपमा समाधान खोज्नुपर्ने बताएका हुन । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताएका छन ।
महामन्त्री थापाले अगाडि भनेका छन्, ‘हामीले एक अर्कालाई खुइल्याउने पर्यो भने भ्रष्टचारको विषय आउने भयो। त्यसैले यो विधेयक ल्याउनु पर्यो । अहिले त हामी अख्तियारको कानुन बनाउँदै छौं । जति पनि विषय छन्। नागरिकको तहमा सबै जना मानिस भ्रष्टचारमा लिप्त भएको भन्ने भयो। अख्तियारलाई केही विषयमा थप अधिकार दिने हो भने दिउँ।’