भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

काठमाण्डु टुडे २०८१ पुष १८ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १८ पुस– भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज बिहिबार बसेको संसदीय समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।

राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us