देउवा र प्रचण्ड संसदीय समितिमा

काठमाण्डु टुडे २०८१ पुष १८ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १८ पुस– आज बिहिबार बसेको संसदीय समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।

देउवा कानुन समितिको बैठकमा र प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएको संसदी समिति स्रोतले जानकारी दिएको छ । कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदै छ ।

यसैगरी राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ । संसदीय समितिमा शीर्ष नेताहरु बिरलै सहभागी हुने गर्दछन् । तर आज प्रमुख दलका शीर्ष नेताहरुकै सहभागितामा बैठक जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us