काठमाण्डुको पिंगलास्थानको होटलमा एक युवती मृत फेला

काठमाण्डु टुडे २०८१ पुष १८ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १८ पुस– काठमाण्डुको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा भेटिएकी छन । अन्दाजी २२–२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डु र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us