काठमाण्डु, १७ पुस– काठमाण्डु महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ गर्न नसकिएको पनि प्रहरीले जनाएको छ ।