काठमाण्डु, १७ पुस– नेकपा एमालेले आफुलाई पार्टी बाट निष्कासन गरेपछि पूर्व गृहमन्त्री समेत रहेका नेता डा. भिम रावलले पहिलो पटक पत्रकार सम्मेलन गरेका छन ।
काठमाण्डुको माईतीघरस्थित कार्की ब्याङ्क्वेटमा आज बुधबार नेता रावलले पत्रकार सम्मेलन गरेका हुन । एमालेबाट निष्काशनमा परेका भीम रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन ।
साथै रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको पनि बताएका छन ।
उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आग्रह समेत गरेका छन ।