काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई गलत व्यक्तिहरूसँग संगत नगर्न र समयको सदुपयोग गर्न आग्रह गरेका छन ।
आज (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सही व्यक्तिहरूको संगतले व्यक्तित्वलाई अझै उज्ज्वल बनाउने बताएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘मानिस आफैँ बिग्रिँदैन, संगतले बिगार्छ ।’ ओलीले पछिल्लो समय युवालाई भड्काउने गतिविधि बढेको उल्लेख गर्दै गलत व्यक्तिहरूको प्रभावबाट टाढा रहन र सकारात्मक सोचसहित जीवनको महत्त्वपूर्ण समयको सदुपयोग गर्नुपर्ने आवश्यक रहेको पनि बताएका छन ।
‘मौरीको संगतले फूलबारीमा पुर्याउँछ, तर झिंगाको संगतले फोहोरमा ’ उनले उदाहरण दिए। कार्यक्रममा ओलीले नेकपा (एमाले)लाई देश बनाउने अभियानमा अगाडि बढेको पार्टीको रूपमा चित्रण गर्दै अन्य दलहरूले आफैं राम्रो हुन नसकेकाले एमालेलाई बदनाम गर्ने प्रयास गरेको दाबी गरेका छन ।
कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशनल विजेता विभा बस्नेतसहित धेरै व्यक्तिहरूले एमालेमा प्रवेश गरेका छन्।