‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– प्रहरीले तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।

इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो । एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘बीएनएस धारा १०५ ९हत्या नभएको अपराधी हत्याको सजाय० र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us