
काठमाण्डु, १९ मंसिर– भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाइएको छ ।
गान्धीलाई उत्तर प्रदेशमा प्रवेश रोक लगाउन त्यहाँको प्रशासनले प्रहरीलाई सर्कुलर जारी गरेको छ । राहुल भारतीय लोक सभामा प्रतिपक्ष दलका नेता थिए ।
शाही जामा मस्जिद सर्भेका क्रममा गत नोभेम्बरमा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न गान्धी बुधबार उत्तर प्रदेशको सम्भल जिल्ला जाँदैछन् ।
समाचार एजेन्सी एएनआईले राहुललाई उत्तर प्रदेशमै प्रवेश गर्न नदिन सम्भलका जिल्ला अधिकारीले गाजियावाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रशासनलाई पत्राचार गरेको जनाएको छ ।
यद्यपि गान्धीले भने आफू गएरै छाड्ने बताएका छन् ।