ठाकुरबाबा-४ को अध्यक्षमा काँग्रेस विजयी, एमाले तेश्रो

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २३:१८ मा प्रकाशित

बर्दिया, १६ मंसिर- बर्दियाको ठाकुरबाबा नगरपालिका ४ को वडाअध्यक्षमा काँग्रेस विजयी भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अमिन थारू ४ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतमत प्रतिद्वन्द्वी माओवादीका शेरबहादुर थारूले १ सय २८ मत पाए । यस्तै एमालेका विष्णुप्रसाद देवकोटाले ५९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बासुदेव शर्माले ३ मत पाएका छन् ।

कुल ७ सय ४२ मत खसेकामा १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us