रौतहट, १६ मंसिर- रौतहटको ईशनाथ नगरपालिका ७ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
काँग्रेस उम्मेदवार शेख अब्दुल खलिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे । यस्तै एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत पाए ।
यसअघि ०७९ मा सम्पन्न निर्वाचनमा उक्त वडामा एमालेका शेख अली उल्लाह विजयी भएका थिए । अहिले विजयी भएका शेख अब्दुल खलिक दोश्रो भएका थिए ।