रुकुमको सानीभेरी-५ मा काँग्रेस-एमाले मिलेर हराए माओवादी

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २२:१६ मा प्रकाशित

रुकुमपश्चिम, १६ मंसिर- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेस उम्मेदवार मोतीराम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरे ।

उक्त वडामा काँग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । एक्लै माओवादीलाई जित्न नसक्ने भएपछि दुई प्रमुख सत्तारुढ दल मिलेका हुन् ।

उक्त वडा ०७९ को स्थानीय निर्वाचनमा माओवादीले जितेको थियो । वडाअध्यक्ष अलबहादुर खनालको २२ माघ २०८० मा ४१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us