दार्चुलामा पनि माओवादीबाट काँग्रेसले खोस्यो वडाअध्यक्ष

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २१:३८ मा प्रकाशित

दार्चुला, १६ मंसिर- दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् ।
कुँवर ३ सय ७६ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिहं बडालले ३ सय ५८ मत प्राप्त गरे । तेश्रो भएका माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेका छन् । ८ सय ७७ मत खसेकामा २० मत बदर भएको थियो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाअध्यक्ष मनोरथ भट्टको ११ असार ०८० मा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us