पाकिस्तानमा यात्रु बसमा बन्दुकधारीको आक्रमण, ४१ सर्वसाधारण मारिए

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते ९:४२ मा प्रकाशित

एजेन्सी– पाकिस्तानमा यात्रु बसमा आक्रमण हुँदा कम्तिमा ४१ सर्वसाधारण मारिएका छन् ।

खैबर पख्तुनख्वाह प्रान्तमा गुडिरहेको बसमा पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बन्दुकधारीहरुको समूहले बिहीबार आक्रमण गर्दा बसमा सवार ४१ जना मारिएका अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा परी अरु १६ जना घाइते छन् । यो समाचार तयार पार्दासम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि बुधबार सोही प्रान्तमा बन्दुकधारीको आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us