इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १९:२४ मा प्रकाशित

एजेन्सी– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले नेतन्याहु र उनका पूर्वरक्षामन्त्री योभ गालान्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस्तै इजरायलविरुद्ध लडिरहेको चरमपन्थी हमास समूहका नेता मोहम्मद देइफविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

उनको इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भएको समाचार आएको थियो ।

उनीमाथि इजरायलमा आक्रमा गरी १ हजार बढी सर्वसाधारणको हत्या गरेको तथा २५१ जनालाई अपहरण गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसको जवाफमा हमासविरुद्ध आक्रमणका नाममा इजरायली सेनाले गरेको आक्रमणमा कम्तिमा ४४ हजार मानिसको ज्यान गएकामा नेतन्याहुलाई जिम्मेवार ठानिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us