
काठमाण्डू ६ मंसिर- भारतका अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।
गौतम अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध धोखाधडी र घूस दिखकै आरोपमा बुधबार न्यूयोर्कको एक अदालतमा मुद्धा दायर भएको हो ।
अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन् ।
सौर्य ऊर्जा प्लान्टको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घूस दिएको आरोप अडानीमाथि लागेको छ ।
अडानीको कम्पनी ग्रीन इनर्जीका सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको पनि आरोपपत्रमा छ ।