उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते ९:२० मा प्रकाशित

काठमाण्डू ६ मंसिर- भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष छन् ।

दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर बस अलिगढमा ट्रकसँग ठोक्किएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us