एलन मस्क ह्वाइट हाउसमा ट्रम्पको टिममा बसेर काम गर्ने

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते ८:५८ मा प्रकाशित

एजेन्सी- नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य एलन मस्कलाई ह्वाइट हाउसमा जिम्मेवारी दिने भएका छन् ।

ट्रम्पले मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग गठन गरिने घोषणा गरेका छन् ।

उक्त विभागको नाम ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ राखिएको छ ।

ट्रम्पले मस्क र रामास्वामीले प्रशासन सुधार, कर्मचारीतन्त्रको खर्च कटौती र  संघीय एजेन्सीहरूको पुनर्संरचनाका लागि काम गर्ने बताए ।

मस्कले राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सहयोग गरेका थिए ।

ट्रम्पलाई मस्कले २ सय मिलियन अमेरिकी डलर चन्दा दिएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै आयोजित सभामा सम्बोधन गर्दै ट्रम्पले मस्कको उच्च प्रशंसा गरेका थिए ।

मस्क सुपर जिनियस भएको बताए ।

रामास्वामी रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार थिए । ट्रम्पलाई समर्थन गरेर उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us