अरब र इस्लामिक देशहरुद्वारा इजरायलको निन्दा

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– इस्लामिक देशहरुले इजरायलले गरिरहेको नरसंहारको निन्दा गरेका छन् ।

साउदी अरबको राजधानी रियादमा सोमबार बसेको अरब र इस्लामिक मुलुकहरुका शीर्ष नेताको आपतकालीन शिखर सम्मmेनले इराकद्वारा गाजा र लेबनानमा जारी नरसंहारप्रति निन्दा व्यक्त गरेको हो ।

उनीहरुले सर्वसाधारण र बालबालिका लक्षित आक्रमण तत्काल आक्रमण बन्द गरी मध्यपूर्वमा शान्ति स्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

सम्मेलनमा संयुक्त अरब इमिरेट्समा सदस्य मुलुकहरुसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तानका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारे सीमा नाघेको बताए । उनले तत्काल युद्ध अन्त्यका लागि इजरायलसँग माग गरे ।

राजकुमारले इरानी सार्वभौमिकता र सम्प्रभुताको सम्मान गर्न पनि भने । राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्ण स्वतन्त्र राज्यको मान्यता दिनुपर्नेमा पनि जोड दिए । प्यालेस्टाइन स्वतन्त्र राज्य नबनेसम्म साउदी अरबले इजरायललाई पनि मान्यता नदिने चेतावनी उनले दिए ।

सम्मेलनमा प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्र प्यालेस्टाइनको अभिन्न अंग भएकमा कुनै शंका नरहेको स्पष्ट गरे ।
इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले प्यालेस्टिनी क्षेत्र र लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरे ।

लेबनान आफ्नो भाई भएको भन्दै उनले त्यहाँका नागरिकलाई हर तरहको सहयोग गर्ने बताए ।

शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा अरब लिगका महासचिव अहमद अबुल घितले इजरायलको सदस्यता निलम्बन गर्न राष्ट्रसंघसँग माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us