चीनविरोधी माइक वाल्ट्ज भए ट्रम्पको सुरक्षा सल्लाहकार, एशिया प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीति

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ७:५१ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार
नियुक्त गर्ने भएका छन ।

अवकाश प्राप्त सैनिक अधिकृत वाल्ट्ज चीनविरोधीका रुपमा चिनिन्छन् । उनले चीनको आर्थिक र राजनीतिक प्रणालीको खुलेर आलोचना गर्दै आएका छन् ।
ट्रम्पले आफ्ना निकटस्थहरुसँग वाल्ट्जलाई सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी दिएको समाचार सस्था रोयटर्सले जनाएको छ । वाल्टजले एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नुपर्ने वकालत गर्दै आएका छन् ।

यस्तै ट्रम्पले सीमा प्रमुखमा इमिग्रेसन र कस्टम इन्फोर्समेन्ट विभागका पूर्वकारी कार्यकारी निर्देशक टोम होमनलाई नियुक्त गरेका छन् ।

यस्तै ट्रम्पले एलिस स्टेफेनिकलाई संयुक्त राष्ट्रसंघका लागि राजदूतमा नियुक्त गरेका छन् । उनी सन् २०१४ मा रिपब्लिकन पार्टीका तर्फबाट सांसद् भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us