
काठमाण्डु, २५ कात्तिक– इजरायलले लेबनानमा आक्रमण गर्दा बालबालिकासहित २३ जनाको मृत्यु भएको छ ।
राजधानी बेरुतको उत्तरी क्षेत्र अलमतमा इजरायलले आक्रमण गरेको हो ।
नेबनान समर्थित हिजबुल्लाहको अखडामा आक्रमण गरिएको इजरायली रक्षा बललाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । पछिल्लोपटक शनिबार इरजायली आक्रमणमा ५३ इरानीको मृत्यु भएको थियो ।
यता इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा गरेको आक्रमणमा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष हमास लडाकुले आफ्नो भूमिमा प्रवेश गरी आक्रमण गरेपछि १ हजार २ सय बढीको ज्यान गएको थियो । जसमा १० जना नेपाली विद्यार्थी पनि परेका थिए ।
इजरायली आक्रमणमा गाजा क्षेत्रमा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।