
काठमाण्डु, २५ कात्तिक– अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।
ट्रम्प र पुटिनबीच बिहीबार फोन संवाद भएको वासिङटन पोस्टले जनाएको छ ।
बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेपछि विश्वका ७० नेतासँग कुरा गरेको र पुटिनसँग पनि संवाद गर्ने बताएका थिए ।
युरोपको शान्ति, युक्रेन युद्धको अन्त्य आदि बारेको भएको कुराकानीमा ट्रम्पले युद्ध नचर्काउन पुटिनलाई आग्रह गरेका थिए ।
पुटिनले भने युक्रेनलाई युद्धका लागि थप नउक्साउन र सहयोग नगर्न आग्रह गरेका थिए ।