आफ्नो आलोचना गरेका निकी र माइकलाई ट्रम्पले मन्त्री नबनाउने

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १२:२३ मा प्रकाशित

एजेन्सी– अमेरिकाका नवनवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने भएका छन ।

उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै ट्रम्पले अब गठन हुने नयाँ मन्त्रीमण्डलमा भने समावेश नगर्ने भएका हुन । साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा बलियो प्रतिद्वन्द्वी थिइन् ।

उनले ट्रम्पको आलोचना गर्दै ‘क्रेजी’ भनेको कुरा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा चर्चा पाएको थियो । माइक पोम्पेओ ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा विदेशमन्त्री थिए ।

पोम्पेओमाथि पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थका लागि काम गर्ने प्रतिनिधि भएको आरोप लाग्ने गरेको छ । ट्रम्पनिकट सहयोगीहरूले निक्की र माइकलाई ट्रम्पविरुद्ध काम गरेको आरोप लगाउँदै उनीहरुले ट्रम्पको ‘अमेरिका फर्स्ट’ भन्ने एजेन्डालाई कमजोर पार्न सक्ने बताउँदै आएका छन् । त्यसैले ट्रम्प उनीहरूलाई मन्त्रीमण्डलमा नसमेट्ने निष्कर्षमा पुगेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us