अमेरिकाको अनुसन्धान ल्याबबाट भागे ४३ वटा बाँदर

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १८:१७ मा प्रकाशित

एजेन्सी– अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् ।

यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याकमा रहेका थिए ।

ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेको खलेको छ । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ ।

अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन समेत आग्रह गरेका छन ।

भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको यामासी प्रहरी विभागले भनेको छ ।

कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई भनेको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको पनि बताइएको छ ।

यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धान कम्पनीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us