पुटिनसँग वाता गर्न तयार छु: डोनाल्ड ट्रम्प

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १४:०८ मा प्रकाशित

एजेन्सी–अमेरिकी राष्ट्रपतीमा विजयी भएपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन ।

‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने ।रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्, तर उनले यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।’

तासमा छापिएको समाचारका अनुसार ट्रम्पले अहिलेसम्म भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेको बताएका छन ।

आफू र बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि ट्रम्पले बताएका छन । सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढवा दिन रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो ।

तर, रुसले त्यस्ता सबै आरोप अस्वीकार गरेको थियो । अमेरिकी विशेष वकिल रोबर्ट मुलरले सन् २०१६ मा ट्रम्पको अभियान र रुस बिचको साँठगाँठको आरोपमाथि छानबिन गरेका थिए ।

तर तीन वर्ष पछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us