
काठमाण्डु, २१ कात्तिक–रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् ।
ट्रम्पको ४७औं अमेरिकी राष्ट्रपतिमा पुनरागमन भएको हो । मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहे पनि ट्रम्पले राष्ट्रपति निर्वाचित हुन चाहिने इलेक्टोरल कलेजको मत सुरक्षित गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
ट्रम्पको पक्षमा २ सय ६६ इलेक्टोरल कलेज मत प्रापति भएको छ । ४६ इलेक्टोरल मतमा उनकै अग्रता छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५ सय ३८ इलेक्टोरल कलेजको बहुमत अर्थात २ सय ७० मत आवश्यक पर्छ ।
ट्रम्पको दल रिपब्लिकन पार्टीले ५१ स्थानमा जित हासिल गर्दै सिनेटमा बहुमत जितेको छ । हाउस अफ रिप्रिजेन्टेटिभमा पनि २०० स्थानमा जित हासिल गरिसकेको छ । उक्त हाउसमा बहुमतका लागि २ सय १८ स्थानमा जित्नुपर्छ ।