ट्रम्पलाई बधाई दिँदै मोदीले भनेः विश्वव्यापी रणनीतिक साझेदारी सुदृढ गर्न चाहन्छु

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १५:१७ मा प्रकाशित

एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द मोदीले अमेरिकी राष्ट्रपतिमा जिततर्फ अघि बढेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत बुधबार मोदीले ट्रम्पलाई बधाई दिएका हुन् ।

मोदीले ट्रम्प आफ्नो साथी भएको बताए । मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा भारत र अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको र यो कार्यकालमा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

‘म भारत र अमेरिकाबीचको विश्वव्यापी रणनीतिक साझेदारी र सहकार्यलाई थप सुदृढ पार्न सहकार्यको आग्रह गर्न चाहन्छु’, ट्रम्पलाई सम्बोधन गर्दै मोदीले लेखेका छन्, ‘दुई देशका जनताको हित तथा विश्ववशान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्न मिलेर काम गरौं भन्ने आग्रह गर्न चाहन्छु ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us