
काठमाण्डु, २१ कात्तिक– अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित उन्मुख भएका छन् ।
स्वीङ स्टेटहरुमा पनि ट्रम्प डेमेक्रेटिक उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसभन्दा अगाडि आएपछि उनको जित करिब निश्चित भएको हो ।
पेन्सलभेनियाको नतिजा आउनै लाग्दा ट्रम्पको इलेक्टोरल भोट २ सय ६६ हुन्छ । २ सय ७० भोट ल्याउनेले राष्ट्रपति निर्वाचन जित्छ । यसअघि स्वीङ स्टेटलाई मानिएको नर्थ क्यारोलिनामा पनि ट्रम्प विजयी भइसकेका छन् ।
अघिल्लो निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेनले जितेको फ्लोरिडामा पनि यसपटक ट्रम्पले जिते ।
फ्लोरिडाको मतपरिणाममा जितेसँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।