
काठमाण्डु, २१ कात्तिक– अमेरिकी राष्ट्रपति चुनावको प्रारम्भिक मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।
ट्रम्पले यो समाचार तयार पार्दासम्म १ सय ७७ इलेक्टोरल मत पाएका छन् । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ९९ इलेक्टोरल मत पाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार सुरुमै ट्रम्पको बर्चश्व रहेका क्षेत्रमा मतगणना भएको हो । सिनेटमा ट्रम्प समर्थित ४६ र ह्यारिस समर्मिथ ३५ उम्मेदवार अगाडि छन् ।
हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पका ७५ र ह्यारिसका ५५ उम्मेदवारले अग्रता लिएका छन् । बीबीसीले फ्लोरिडा, अल्बामा, मिसौरी, ओक्लाहोमा, टेनसी राज्यमा ट्रम्पको जित सुनिश्चित भएको जनाएको छ ।
कोलम्बिया, मेरील्याण्ड, मेसाचुसेट्समा कमला ह्यारिसले जित्ने अनुमान गरिएका छन् । यो पटकको निर्वाचन इतिहासकै सबैभन्दा कडाप्रतिस्पर्धात्मक हुने देखिएको निर्वाचनअघिका प्रक्षेपणहरुले देखाएका थिए ।
पेन्सिलभेनिया, विस्कनसिन, मिचिगन, जर्जिया, नर्थ क्यारोलिना, एरिजोना र नेभाडा गरी सात राज्यमा कडा प्रतिस्धर्पा हुने अनुमान छ । ती राज्यमा दुई उम्मेदवारबीचको मतान्तर दुई प्रतिशत मात्र हुने अनुमान गरिएका छन् ।