डिक्सभिल नोचमा ह्यारिस र ट्रम्पलाई बराबरी मत

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १७:०० मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा मतदान सुरु भएको अमेरिकी सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । कुल ६ मतदाता रहेको यो मतकेन्द्रमा करिब १० मिनेटमै मतदान सकिएको थियो ।

मतदान लगत्तै मतपरिणाम घोषणा गरिएको छ । जसमा डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बराबर अर्थात् ३–३ मत प्रप्त गर्न सफल भएका छन ।

न्यू ह्याम्पशायरको गभर्नर पदका लागि भएको चुनावमा यहाँका ६ मतदातामध्ये पाँच जनाले रिपब्लिकन उम्मेदवारलाई मत दिएका थिए ।

अघिल्लो राष्ट्रपति निर्वाचनमा यहाँका पाँच मतदाताले जो बाइडेनलाई मत दिएका थिए भने त्यसअघिको निर्वाचनमा सात मतदाता रहेकोमा चार जनाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई मत दिएका थिए ।

सबैभन्दा पहिला मतदान हुने भएकाले यहाँ पत्रकारहरू पनि समाचार सङ्कलनका लागि ठुलो सङ्ख्यामा पुग्ने गर्दछन् । यो मत केन्द्रको मत निर्णायक नहुने भए पनि कतिपयले यसलाई पूर्व सङ्केतका रूपमा चाख मानेर हेर्ने गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us